२८ असार २०७४, बुधबार

विकास निमार्णको ठेक्का पाएका ठेकेदार कम्पनीहरुलाई कसैले छुन नसक्ने रहेछ । न बोलेको मिति भित्र संरचनाहरु बनाइसक्नु पर्ने ? न प्रयोग हुने सामान असल,कमसल जाँच पास गर्नुपर्ने ,न २/४ हप्तामा बाटो खाल्डो पर्दा कारवाही हुने ।

मुलुको अरवौँ पैसा सत्यानास हुँदा एक रत्ति मन नदुख्ने राजनितिज्ञ र निति निर्माताहरु छन् यहाँ । दशकौँ सम्म खाल्डो छल्ने र २/४ जना जम्मा गरेर यि नेता जति जम्मै चोर हुन भन्न बाहेक केही गर्न नसक्ने तपाई हामी जस्ता सोझा जनता रहुन्जेल देश गरिब, ठेकेदार धनि हुने क्रम रोकिँदैन । सडक विभागको फोन नम्बर दिन्छु, टिप्नुहोस ४२६४३९४,४२६४३९५ । प्रत्येक दिन मेरो एरियाको यो सडक कहिले बन्छ, ठेक्का कसले लिएको, खाल्डो कहिले पुरीन्छ भनेर कल गर्नुस । धेरै दर्शकहरु हामीलाई क्या खतरा प्रश्न सोध्नु भो भनेर हाम्रो वाह वाही गर्नु हुन्छ । आज हामी तपाईलाई भन्दैँछाँै ।

त्यही खतरा प्रश्न तपाइले गर्नु प¥यो । तपाई जन्मेदेखी नै कर तिर्दै हुनुहुन्छ र यो तपाईको अधिकार हो । फेरी पनि नम्बर दिदैँछु सडक विभागको ४२६४३९४,४२६४३९५ । आज सम्म तपाईले गाली मात्र गर्नुभयो तर प्रश्न कहिल्यै सोध्नु भएन । अब सोध्नुस ,तब सम्म सोध्नुस जब सम्म काम बन्दैन । फोनको जवाफ दिएनन् भने स्थानीय प्रतिनिधि कहाँ जानुस । १ जना,२ जना होइन हुलका हुल मानिस जानुस ।

ग्यारेण्टीका साथ भन्छु सोचे भन्दा ४ गुणा छिटो सडकहरु बन्ने छन् । यहाँ त घर घरमा चोक चोकमा बसेर नेता चोर भन्ने बाहेक केही नगर्नाले हामीले दुख पाइरहेका छौँ । यति भन्दा पनि तपाई फोन गर्नु हुन्न वा जानु हुन्न भने तपाई आजिवन खाल्डो नाघनुस,हिलो कुल्चनुस,चोक चोकमा ४/६ जना जम्मा गर्नुस र कुर्लनुस । तिनै छ जनाको वाह वाही खानुस घर जानुस घुरेर सुत्नुस ।

https://youtu.be/tiFilgAUIuo

LIVE TV