२८ असार २०७४, बुधबार

१. संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहिन, यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको एमालेको भनाई ।

२. संविधान संशोधनमा आफूहरुको नीतिगत प्रतिवद्धता रहेको राप्रपा अध्यक्ष थापाको भनाई, संविधान संशोधन भन्दा निर्वाचनमा जोड दिन एमालेको राप्रपासँग आग्रह ।

३. काठमाडौंमा स्थानीय तहको निर्वाचन सकिएको ४३ दिन वितिसक्दा पनि उम्मेदवारहरुले खर्च विवरण बुझाएनन्, २४ सय ९२ जनाले खर्च विवरण बुझाउन बाँकी ।

४. तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँच पक्राउ, श्रेष्ठको हत्या अघि अर्का व्यवसायी रणबहादुर घर्तीको पनि हत्या गरिएको खुलासा ।

५. र, २३ बर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो तयारी राम्रो रहेको संकेत दियो, कप्तान विमल घर्तीमगरको योगदानमा नेपालद्वारा बंगलादेश पराजित ।

LIVE TV