२७ असार २०७४, मंगलवार

एजेन्सी । सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो ।

‘अनिदो बस्नाले गिजा सुनिनुका साथै दाँतलाई असर गर्छ ।’ स्वास्थ्यविज्ञानले कम्तीमा ६र६ महिनामा दाँत परीक्षण गर्नु भनेको छ । त्यतिमात्रै होइन, सालिन्दा ‘हाइजेनिस्ट’ बाट दाँत सफा गर्नुपर्छ ।दाँतको हेरचाह कसरी गर्ने डेन्टल सर्जरी अस्पताल बेलायतमा कार्यरत डेन्टल नर्स लीला सेलिङ माबो सुझाउँछिन्, ‘मेटल होइन, इलेक्ट्रिक टुथ ब्रस, ओरब बी ब्रसले दाँत सफा गर्न राम्रो हुन्छ । सम्भव भए दैनिक दुई÷दुई मिनेटका दरले तीनपटक नत्र दुईपटक अनिवार्य दाँत सफा गर्नुपर्छ ।’ खाना खाइसकेपछि ब्रस गर्न सकिएन भने पानीले मुख कुल्ला गरेर दाँत स्वस्थ राख्न सकिन्छ ।

दाँतमा समस्या नआएसम्म परीक्षण नगर्ने नेपालीको बानी छ । पूर्वशिक्षिका समेत रहेकी उनले सतर्क गराइन्, ‘जति नै व्यस्त रहे पनि समयरसमयमा दाँत परीक्षण गराउनुहोस् । दाँत रोगी भयो भने खानाको माध्यमबाट रोग बढ्दै जान्छ ।’चिल्लो र गुलियो खानाले दाँतका रोगी बढ्दै गएका छन् । कारण त्यतिमात्रै होइन । सही तरिकाले सफा नगर्नाले दाँतको समस्या बढेको डेन्टल नर्स लीलाको बुझाइ छ । भन्छिन्, ‘सही तरिकाले दाँत सफा गरे ओरल क्यान्सर र फंगलजस्ता रोगबाट बच्न सकिन्छ ।’

दाँतबाट सफा राख्न सके १२ प्रकारका क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ । दसमध्ये ६ जना दाँतका बिरामीको सास गन्हाउँछ । त्यो पनि दाँतकै कारणले हो । ‘गलब्ल्याडर डिसफङ्सन, लिभर डिजिज, डाइबिटिज एन्ड साइनस’ ले गर्दा सास गन्हाउने गर्छ । सास गन्हाउन थालेपछि ब्रस गरेरमात्रै हुँदैन । दन्तविशेषज्ञको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

LIVE TV