२७ असार २०७४, मंगलवार

झापा । वर्षा लाग्ना साथ इलाम चुलाचुली वडा नम्बर ५ का स्थानीयको जनजीवन कष्टकर बन्ने गरेको छ । झापासँग सिमा जोडिएको चुलाचुली–५ का स्थानीयको बजार भनेकै दमक हो । तर, रतुवा खोलामा पुल नहुँदा दमक पुग्न निकै कष्ट भोग्न बाध्य छन्, स्थानीय ।

झापासँग सिमा जोडिएको दक्षिणी इलामको चुलाचुली–५ का स्थानीयलाई वर्षा लाग्नासाथ अत्यास लाग्छ । सदरमुकामदेखी टाढा रहेको चुलाचुली ५ का स्थानीयको बजार भनेकै झापाको दमक हो । तर, वर्षाको समयमा दमक पुग्नु भनेको ज्यान हत्केलामा राख्नु बराबर हुने गरेको छ, यहाँका स्थानीयलाई । दमक जाँदा बीचमा पर्ने रतुवा खोलामा पुल छैन ।

झापासँग सिमा जोडिएको इलामको दक्षिणी गाउँपालिका चुलाचुली–५ स्थित आँपझोला र बुकुवाका स्थानीयले वर्षौँ देखि बर्खामा सास्ती झेल्दै आएका छन् । इलामको चुलाचुली देखि झापाको दमक जोड्ने रतुवाखोलामा पुल नबन्दा त्यस क्षेत्रमा बसोबास गर्ने करिब ३ सय घरधुरी बर्खाको समयमा समस्यामा पर्ने गरेका हुन् ।

दैनिकी चलाउन ज्याला मजदुरी देखि दैनिक उपभोग्य सामाग्रीका लागि उनीहरु खोला तरेरै दमक पुग्नु पर्ने बाध्यता उस्तै छ । खोलामा पुल नहुँदा उनीहरु जोखिम मोलेरै खोला तरेर आफ्नो जीविर्कोपार्जन र दैनिकी चलाइरहेका छन् ।

स्थानीयले पुल बनाउन पटक पटक आग्रह गर्दा पनि उनीहरुको समस्या कसैले नसुनेको स्थानीयको गुनासो छ । स्थानीयहरुले आफ्नो समस्यालाई कसैले नहेरे पनि अबको स्थानीय सरकारले समस्या समाधान गरिदिने आशा राखेका छन् ।

 

LIVE TV