२७ असार २०७४, मंगलवार

माओवादी केन्द्रको हेडक्वार्टर बैठक आज बस्दैछ । लाजिम्पाटस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा अपरान्ह २ बजे बैठक बस्दैछ ।

 

हेडक्वाटर बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, संविधान संशोधन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल हुने नेता अग्नि सापकोटाले जानकारी दिनुभयो । माओवादी केन्द्र पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ मध्ये ४६ र दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ तहमध्ये ३८ गरी ८४ स्थानमा विजयी भएको छ ।

 

LIVE TV