२६ असार २०७४, सोमबार

हेटौँडा । चितवनको हेटौँडाबाट नारायणगढ आउँदै गरेको ना७ख ४१५५ नंको टिप्परले हेटौँडा–नारायणघाट सडकखण्डको लेवटमा आज अपराह्न एक पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने पैदल यात्रु हेटौँडा उपमहानगरपालिका वडा नं ३ बस्ने २० वर्षीया सरस्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६३३५ नंको बस र नारायणघाटबाट हेटौँडा आउँदै गरेको ना ४ ख १४८१ नंको बस आज अपराह्नमा सोही राजमार्गको लेवटमा ठोकिँदा दुवै बसका ३२ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गम्भीर घाइते ३२ जनामध्ये हेटौँडास्थित चुरेहिल अस्पतालमा २५ र हेटौँडा अस्पतालमा सात जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV