२६ असार २०७४, सोमबार

काठमाण्डौ । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले सीमावर्ती क्षेत्रमा उत्पन्न नदी नालाका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

 

समितिले सीमावर्ती स्थानमा भारतले निर्माण गरेका भौतिक संरचनाले नेपाली क्षेत्र ढुवानमा पर्ने गरेको त्यसको अध्ययन गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयलाई निर्देशन दिएको हो ।सोमबार सिंहदरबारमा बसेको बैठकले गत असार १६ र १७ गतेको बर्षाले सिरहा र सप्तरीका विभिन्न नदीहरुमा आएको बाढीले पु¥याएको क्षतिबारे सोमबार जानकारी लिएको थियो । समितिले हरेक बर्ष तराईका जिल्लामा नदीमा आउने बाढीको ढुवानबाट धनजनको क्षति हुने गरेको भन्दै यस्ता प्राकृतिक प्रकोप रोकथाम गर्ने नीति यथाशीघ्र ल्याउन सभापति रबीन्द्र अधिकारीले गृह मन्त्रालयलाई निर्देशन दिए ।

 

छलफलमा गृह सचिव लोकदर्शन रेग्मीले विपत व्यवस्थापन बिधेयकलाई अघि बढाउन प्राथमिकतामा राखेको र २ साताभित्र संसदमा दर्ता हुने जानकारी दिनुभयो ।
त्यसैगरि बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले नदी नियन्त्रण तथा प्राकृतिक प्रकोप रोकथामका लागि पर्याप्त बजेट भएपनि कार्यक्रम स्वीकृतीमा ढिलाई हुने समस्या नहटेको बताए ।

बैठकमा सांसदहरुले सप्तरीका बाढीपीडितलाई घर बनाँउन १० हजार र जस्तापाता किन्न १५ हजार राहत दिने काम अब्यवहारिक भएको जनाएका थिए । सांसदहरुले राहत रकममा कन्जुस्याइँ नगर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

LIVE TV