२६ असार २०७४, सोमबार

बुटवल असार । पार्वती स्त्रीको तिज गित दुरविन लाई लाई हेर मायाले यतिवेला चर्चामा छ । चर्चित गायक खुमन अधिकारी र पार्वती स्त्रीको स्वरले सजिएको गित चर्चामा आएको हो ।

गितमा संचारकर्मि एवम मोडल कृष्णबाबुको उत्कृष्ट शब्द श्रृजना एवम खुमन अधिकारीको उत्कृष्ट लय श्रृजनामा गित निकै उत्कृष्ट बनेको छ । गितमा आफनो मायालुलाई आफु कति राम्रो भएको दरबिन लाएरै हेर्न आग्रह गरिएको छ ।

जति गित उत्कृष्ट भिडीयो पनि कहिकतै कमी छैन चर्चित निर्देशक शंकर विसीको निर्देशनमा तयार गरिएको भिडीयोमा शंकर विसी र करिश्मा ढकाल नाचेका छन । बुलबुल मिडीयाले बजारमा लिएर आएको गितले यो वर्षको तिजमा सवैलाई नचाउने पार्वतीको अपेक्षा छ ।

LIVE TV