२६ असार २०७४, सोमबार

दोस्रो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । ३ सय ३४ स्थान मध्ये धरान उपमहानगरपालिकाको मत परिणाम मात्र आउन बाँकी छ ।

धरान उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । १९ स्थान बनाएर मत गणना गरिएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् । बाँकी रहेका ३ स्थान मध्ये २ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवनराज थापा ६ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा पाँच हजार ५ सय १४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५ सय १२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३ सय ६६ मत ल्याएर विजयी हुनुभयो । यस्तै झापाको अर्जुनधारा नगरपालिकाको प्रमुखमा एमालेका हरिकुमार राना विजयी हुनुभएको छ । रानाले १३ हजार ८ सय ७९ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार हेमकुमार खरेलले ९ हजार ६ सय ४१ मत प्राप्न गर्नुभयो । त्यस्तै, उपप्रमुखमा एमालेकी कमला आचार्य १२ हजार ८ सय ३१ मत सहित विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी कग्रेसकी सरस्वती सिटौलाले १० हजार ५ सय ८९ मत प्राप्त गर्नुभयो ।

LIVE TV