२६ असार २०७४, सोमबार

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ माग भएपछि सामाजिक सञ्जाल देखि धेरै ठाउँबाट आलोचना भएको छ । आलोचना भएपछि राष्ट्रपति कार्यालयले गाडी खरिद प्रकरणबारे प्रतिक्रिया समेत दिएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मा भन्छन्- ‘मलाई यति करोडको गाडी चाहियो’ भनेर राष्ट्रपति भण्डारीले कहिल्यै भनेकी छैनन् ।

राष्ट्रपतिका सल्लाहकार शर्माले भने, -अहिले भण्डारीले पूर्वराष्ट्रपति डा. रामवरण यादवले चढ्ने गरेको गाडी नै प्रयोग गर्ने गरेकी छन् ।सवारीका क्रममा पटक–पटक गाडी बिग्रिएको र एकपटक बीचबाटोमा गाडी बिग्रिएर अर्कोमा जानुपर्‍यो । अर्को पटक पिक-अप नै नलिएर हैरान भयो ।’

पटकपटक समस्या आएपछि भीभीआईपीको सुरक्षा प्रवन्ध, सवारी लगायतका विषय हेर्ने निकायले नै राष्ट्रपतिको गाडी परिर्वतन गर्नुपर्ने राय दिएको छ ।

‘आम जनताप्रति कुनै गुनासो छैन’

राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जनताबाट आएको खबरदारीप्रति कुनै गुनासो नरहेको बताएका छन् । उनले भने, ‘नेपाली जनताले कुनै पनि चिजको दुरुपयोग नहोस्, भएको कुराको सदुपयोग होस् भन्ने जनआकांक्षा छ, त्यसमा कुनै गुनासो छैन ।’

 

LIVE TV