२६ असार २०७४, सोमबार

काठमाण्डौ । आस्था आर्ट एकेडेमीको आयोजनामा हिमालय टेलिभिजनमा हरेक शनिबार ८ बजेदेखि प्रतियोगिता प्रसारण हुँदै आएको छ । कला नृत्य प्रतियोगिता ‘आई क्यान डान्सुको अन्तिम प्रतिस्पर्धा असार ३१ मा हुने भएको छ ।

११ महिनादेखि सञ्चालनमा रहेको आई क्यान डान्सको अडिसन राउन्डमा उपत्यकाको विभिन्न स्थानबाट सात सय सहभागी थिए । तीमध्ये टप दुई सय, टप सय, टप ५०, टप २५, टप १० हुँदै फाइनलका लागि टप ६ जना छनोट भएका छन् ।
असार ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा प्रतिस्पर्धीहरू उपाधिका लागि भिड्नेछन् । दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रममा शैलेन्द्र सिम्खडाको प्रहसन, राजेशपायल राई र मीना पोखरेल निरौलाको सांगीतिक प्रस्तुति रहने आस्था आर्ट एकेडेमीका अध्यक्ष रमेश थापाले जानकारी गराए ।

आई क्यान डान्सको विजेतालाई ट्रफी, स्कुटी, नगद एक लाख, विभिन्न म्युजिक भिडियोमा मोडलिङ तथा विशेष आकर्षक उपहार प्रदान गरिनेछ । दोस्रो हुनेलाई नगद ५१ हजार, ल्यापटप, विशेष छात्रवृत्ति तथा विशेष आकर्षक उपहारको व्यवस्था गरिएको छ । त्यस्तै तेस्रो हुनेलाई ट्याब, नगद २५ हजार र विशेष आकर्षक उपहार प्रदान गरिनेछ । बाँकी प्रतिस्पर्धीलाई स्मार्ट फोन र प्रमाणपत्र प्रदान गरिनेछ । अन्नपूर्णपोष्ट बाट

LIVE TV