२५ असार २०७४, आईतवार

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। यस्ता छन् विशेषताहरु:

– मुद्रास्फीति दरलाई ७ प्रतिशतमा सिमित राख्ने।

– ७.२ आर्थिक वृद्धिदर हासिल गर्न सघाउने कार्यदिशा।

– बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी मर्जर नीति अबलम्बन गरिने।

– ०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी पूरा नगर्ने बैंक तथा वित्तीय संस्थालाई नगद लाभाम्स, बोनस सेयर र शाखा विस्तारमा रोक।

– व्यक्तिगत घर कर्जाको सीमा बढ्यो। १ करोडबाट अब १ करोड ५० लाख।

– सवारी कर्जामा बैंकहरुले ६५ प्रतिशतसम्म लगानी गर्नसक्ने। यसअघि यो सीमा ५० प्रतिशत थियो

– अब सबै कर्जाको सूचना जानकारी गराउनुपर्ने, १० लाखसम्म शुल्क नलाग्ने।

कृषि, पर्यटन, ऊर्जा, घरेलु, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथै कर्जा प्रवाह गर्ने तरलता व्यवस्थापनलाई मौद्रिक नीतिले उच्च प्राथमिकता दिएको गभर्नर चिरञ्जीवी नेपालले बताउनुभयो ।

LIVE TV