२५ असार २०७४, आईतवार

अझैँ निको भएको छैन द्वन्दको घाउ । दोन्दकालमा आफ्ना परिवारका सदस्य हजारौंले गुमाएका छन् र यसलाई भुल्न पनि त्यति सजिलो छैन । द्वन्द पिडित हरुले सम्झीरहेका छन् ति काल दिनहरु । बिर्सन चाहेर पनि न बिर्सन सक्छन् न सरकारले उनीहरुलाई चित्त बुझ्दो उत्तरनै दिएको छ बस उनीहरु उही न्यायको आशामा अहिले पनि टुलुटुलु हेरेर बसिरहेका छन् ।

द्वन्द कालमा राज्यको तर्फ़ वाट गोरखा जिल्ला सुलिकोट गाउँपालिकाका इश्वर देबकोटाको बुबालाई जब सरकारी बर्दीधारी प्रहरी घरमै पुगेर केहीबेर कुरा गर्नु छ भनेर बुबालाई लगे | त्यसपछि कहिलेइ फिर्ता गरेनन् | देबकोटालाइ पल पल यहि कुराले प्रताडित गरिरहेको हुन्छ होला लामो समय बिति सक्दा पनि देबकोटाको परिवारमा त्यो घाउ कहिलेइ निको भएन झन् आलो बन्दै गइ रह्यो । देबकोटाले फेसबुकमा हामी युगौयुग जवाफ खोजिरहने छौं न्यायका निम्ति भन्दै यस्तो पोष्ट गरे जुन एक पटक पढ्दा तपाइंको आँखामा आँशु आउछ –

आजभन्दा ठिक १८ बर्ष अगाडी, २०५५ साल असार २४ गते तत्कालिन गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारी , डी एस पी पशुपति उपाध्याय र घ्याम्पेशल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्टा थिए | राज्यको नेतृत्वमा नेपाली कांग्रेस नेता (स्व.) गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए | राज्यविरुद्ध युद्धको घोषणा गर्ने तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थिए |

बुबा श्री सुर्यज्योती माध्यमिक विद्यालय, ताकु(कोट),पाल्खुमा स्थायी शिक्षक हुनुहुन्थ्यो | २०५५ साल असार २४ गते राती एक हुल साक्षात सरकारी बर्दीधारी प्रहरी घरमै आइपुगे | केहीबेर कुरा गर्नु छ भनेर बुबालाई लगे | त्यसपछि फिर्ता गरेनन् | किन केका लागि लागेको भनेर सोध्ने समय पनि मिलेन | सायद जवाफ थिएन तिनीहरु संग | आमा जवाफ खोज्दै तिनको बधशाला पुग्नु भयो | उत्तर दिएनन् | दिउन पनि कसरी !! बुवालाई बाटोमानै ति राक्षेसहरुले खाइ सकेका रहेछन | रगतले लतपतिएका तिनका घृणित अनुहारमा छर्लंग दानव स्वरूप अझै पनि देख्छु म | पिपासुहरुले ०५२ साल देखि हजारौंको रगत पिए फरक फरक स्वरूप अवतारमा | अघाएका किर्ना झैँ ढाडीदै गए पछि विचार सिद्दान्त अनि न्यायका ढोका साँघुरो बन्दै गयो | उनका दरबार ठडिदा हामी उजाडीसकेका थियौं | दुनियाँले सहिदका सपना एउटा भजन जानेका छन् त्यत्ति हो | कयौं “गुणनिधि देवकोटा” हरुका सन्तानलाई जघन्य हत्यामा प्रत्यक्ष मुछिएका यिनीहरुले जवाफ दिनु पर्दैन ?? हामी युगौयुग जवाफ खोजिरहने छौं न्यायका निम्ति |

LIVE TV