२५ असार २०७४, आईतवार

सहि सल्लाह दिने मानिस भयो भने हरेक व्यक्ति सजिलै सफल हुन्छ । मन्त्री,प्रधानमन्त्रीको हकमा त यो कुरा अत्यन्तै सम्वेदनशिल बिषय हो । एक त मन्त्री, प्रधानमन्त्री हुने व्यक्ति आँफै स्मार्ट र बुिद्वमान हुन जरुरी छ र त्यो भन्दा जरुरी छ सहि सल्लाहकारहरुको छनौट । पार्टीका कार्यकर्ताले मन्त्री प्रधानमन्त्रीसम्म बनाइदिन सक्छन् त्यसपछि मन्त्री प्रधानमन्त्रीहरुलाई विज्ञहरुको जरुरत पर्छ । राज्यको सम्पत्ती खर्च गरेर आफ्नो पार्टीका सहयोगीहरुलाई सल्लाहाकार नियुक्ति गर्ने होइन । विज्ञहरुको खोजी गरेर सुपर इन्टेलीजेन्टहरुको टिम बनाउने हो । यस्ता इन्टेलीजेन्टहरु कुनै पार्टीको झण्डा बोकेर हिडेका नहुन सक्छन् ।

आफ्नो जीवनको बहुमुल्य समय पढ्नमा र सम्वन्धीत क्षेत्रमा विज्ञता हासिल गर्न खर्च गरेका हुन्छन् । यस्ता इन्टेलीजेन्टहरु चाकडी गर्दै जागीर पाउँ भन्दै पछि लाग्दैनन् । यो काम त मन्त्री प्रधानमन्त्रीको हो । देश विदेशमा जहाँ छन् तिनको खोजी गरिनु पर्छ अनि मुलुक अगाडि बढ्छ । चम्चे धुपौरेहरुले त मन्त्रीहरुलाई कसरी घुस,कमिशन खाने र अख्तियारको आँखाबाट कसरी बच्ने भन्ने आइडिया दिन बाहेक केही जानेका हुँदैनन् । व्यापारी, ठेक्केदार र विदेशी दलालहरुसँग यिनको साँठगाठ हुन्छ । त्यसैले त्यस्ता धुपौरेहरुलाई सल्लाहाकार स्वकीय सचिव राखियो भने डुवाउछन् ।

मन्त्री प्रधानमन्त्रीलाई पनि र देशलाई पनि । पार्टी भित्रै पनि कोही कोही यस्तो जिम्मेवारी बहन गर्न सक्ने क्षमतावान हुन्छन् तेस्ता निस्ठावान मानिसहरु पार्टी भित्रै ओझेलमा परेका हुन्छन् । तर दलाल र कमिशन बाँडेर धन कमाउनेहरुको विगविगीको जालो भित्र प्राय सवै मन्त्रालयका सल्लाहकारहरु गाजिएका हुन्छन् । यस्ता कमिशन खोर र दलालहरुलाई जस्को सरकार आएपनि फरक पर्दैन । प्राय जसो सल्लाहकार र स्वकीय सचिवहरुसँगको साठगाँठमा हुने नहुने सब काम गर्न गराउन सेटीङ मिलाइन्छ ।

ग्यारेण्टीका साथ बाजी राखेर भन्छु । प्रधानमन्त्री मन्त्रीका सल्लाहकार र विश्वास पात्रहरुको टेलीफोन संवादहरुको रेकडिङ सुनियोस ५ प्रतिशत मात्र पनि यिनीहरुको सम्वाद देश विकाशमा केन्द्रीत भएको प्रमाण पाइदैन, न कहिले कुनै विज्ञसँग फोनर्वाता नै गर्छन । जुनसुकै पार्टीका मन्त्रीहरु हुन्, विज्ञ र सल्लाहाकारको टोलीमा चुनाव जिताउन सहयोग गर्ने र आफ्नै पार्टीमा विश्वास गर्ने बोहक कसैले प्रवेश पाउँदैनन् । अनि बदनाम हुन्छन् मन्त्री, प्रधानमन्त्रीहरु ।

LIVE TV