२५ असार २०७४, आईतवार

मनमोहन मेडिकल कजेलको मृगौला प्रकरण के हो ?

नुवाकोटको विदुर नगरपालीकाका शिवप्रसाद रिमालको मृगौला प्रकरणमा मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलल र रिमालबिच एक अर्कालाई दोषारोपण मात्रै भैरहेको छ । ३२ बर्षीय रिमालको मृगौलामा भएको पत्थरीको सल्यक्रिया गर्ने क्रममा उनको मृगौलानै निकालीएको थियो । रिमालले आँफुलाई जानकारी नै नदिइ श्रीमती रन्जु रिमाललाई दबाबमा पारेर कुनीयतले आफ्नो मृगौला निकालीएकाले आँफु पिडीत भएको दाबी गर्दै आएका छन् ।

उनको शल्यक्रिया पछी उनीकी श्रीमती रन्जुसँग अस्पताल प्रसासनका तर्फबाट सम्झौता भएको छ ।
सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने लगाएतका यस्ता सम्झौता गरीएको छ ।

अस्पतालका प्रसानका तर्फबाट भएको यो सम्झौताले अस्पतालका तर्फबाट गल्ती भएकै कारण सम्झौता गर्न बाध्य भएको हुन सक्ने सवैले आशंका गरेकाछन् । सामान्य अवस्थामानै मृगौला निकालीएको भएको सम्झौता किन गरीयो भने प्रश्न खडा भएको छ । यस बिषयमा अस्पतालले प्रसासनले शल्यक्रीयाको क्रममा मृगौलाबाट अत्याधिक रतmश्राप भएको कारण मृगौला निकालेर बिरामी बचाउनुको विकल्प नभएकाले मृगौला निकालीए पनि पछि आएर बारगेनीङ भैरहेको बताउँदै आएको छ ।

यस बिषयमा मृगौला बिषेशज्ञहरुले मृगौलाको पत्थरी शल्यक्रिया दुर्लभ तथा खतरा अवस्था भएको र रगत नरोकीएको अवस्थामा मृगौला निकाल्नुको विकल्प नभएको बताउँछन् । यो अवस्थामा चिकीत्सकले संम्यमता अपनाएर निर्णय गर्नुपर्ने देखीन्छ । यो बिचमा पिडत शिव रिमाल र अस्पताल प्रसासन बिच पटक पटक छलफल भएका छन् । सम्झौता बोहक अस्पताल प्रसासनसँग रिमालले ५० लाख क्षतीपुर्ती माग गरेका छन् । र उनले ५० लाख पाएको खण्डमा आँफुलाई न्याय हुने बताउँदै आएक छन् ।

यही बिषयमा अस्पताल र पीडितको कुरा नमिले पछी यो बिषय चर्चामा आएको हो । यो बिषय शुक्रबार व्यवस्थापीका संसदमा पनि उठेको छ । माओवादी केन्द र नेपाली कांग्रेसका सांसदहरुले न्यायीक छानबिनको हुनु पर्ने माग गरेका छन् । शल्यक्रिया प्राविधीक बिषय भएपनि अस्पतालले पछि गरेके सम्झौताका हेर्दा र मृगौलाको वास्तविकता विरामीलाई जानकारी नगाएका कारण अस्पताल प्रसासनको गल्ती देखिन्छ ।

LIVE TV