२४ असार २०७४, शनिबार

गुल्मी । रुरु गाउँपालिका– ४ अन्तर्गत बलेटक्सार नजिकै आज ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

 

घाइते हुनेमा ट्रक चालक गुल्मी दरबार गाउँपालिका– ३ का रणबहादुर ढेंगा, छत्रकोट गाउँपालिका– ५ की लक्ष्मी श्रेष्ठ, अर्घाखाँची छत्रदेव गाउँपालिका– ६ का दिलमान श्रेष्ठ, गुल्मी छत्रकोट गाउँपालिका– ५ की विमला श्रेष्ठ र सोही ठाउँकी तेजकुमारी श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रेमबहादुर श्रेष्ठले बताए।

घाइतेमध्ये रणबहादुर ढेंगा र लक्ष्मी श्रेष्ठ गम्भीर रहेको बताइएको छ भने अन्य सबै घाइतेलाई पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । ट्रकको स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बालुवा बोकेर रिडीबाट तम्घासतर्फ आउँदै गरेको लु२ख १८८ नंको ट्रक बलेटक्सार नजिकै थामिडाँडास्थित सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

LIVE TV