२४ असार २०७४, शनिबार

फल र तरकारीको बोक्रामा त्यति नै पोषक तत्व पाइन्छ जति फल वा सब्जीमा पाइन्छ । त्यसैले हामीले सबै फल वा सब्जीको बोक्रा फ्याँक्नु हुँदैन । अरु तरकारीको बोक्राको फाईदा जस्तै प्याजको बोक्राको बारेमा जनाकारी दिन्छौ ।

प्याजको बोक्रा खानत मिल्दैन तर यसको प्रयोग गर्न सकिन्छ । केही उपयोगीहरुलाई यसरी हेर्न सकिन्छ । किरा, लामखुट्टेबाट बच्न सकिन्छ ।यदि घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ भने प्याजको बोक्रा प्रयोग गर्न सकिन्छ । जसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनु र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नु । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।हेयरकन्डिसनरको रुपमा प्रयोग गर्न सकिन्छ ।नुहाउने बेला कपाललाई राम्रोसँग धुने र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्ने । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।

 

पेटको संक्रमणबाट बचिन सकिन्छ । प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिन्छ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनु र दैनिक त्यो पानीको सेवन गर्ने गर्नुपर्दछ । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्ने। यसले चाँडैनै आराम मिल्छ ।

क्यान्सरबाट बच्न किन्छ ।प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ ।

LIVE TV