२४ असार २०७४, शनिबार

काठमाडौं । साँस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) को आयोजनामा पहिलो पटक भएको राष्ट्रव्यापी खुल्ला दोहोरी प्रतियोगीतामा गायक रविन लामिछानेको समूह प्रथम हुन सफल भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको समूह प्रथम भएको हो । समितिवाट दोहोरी गायक रविन लामिछानेले नेतृत्व गरेका थिए । लामिछानेसंगै सागर विसी, शोभा कार्की र शर्मिला कँडेल थिए । प्रथम हुने समूहले एक लाख रुपैयाँसहित ट्रफी, सर्टिफिकेट प्राप्त गरेका छन् ।

लामिछानेको यो समूह बिजयी भएको पहिलोपटक भने होइन । केही महिना अघि प्रदर्शनी मार्ग भृकुटीमण्डपमा दोहोरी प्रतिष्ठानको आयोजनामा भएको अन्तरसाँझ दोहोरी प्रतियोगीतामा रविन लामिछाने नेतृत्वको समूह प्रथम भएको थियो ।

यस्ता कार्यक्रमहरु आयोजना हुँदा देशको संस्कृतिलाइ अंझ बलियो र मजबुत बनाउन ठुलो टेवा पुग्ने र कलाकारहरुलाई आफ्नो पेशा प्रति झनै मेहनतका साथ् लागि पर्दै नेपालि कला र संस्कृति को जगेर्ना गर्न थप हौसला मिल्ने लामिछाने बताउछन् ।

प्रतियोगीतामा शिर्ष स्थान प्राप्त समूहलाई क्रमश – एक लाख, ५० हजार, २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।नृत्य तथा बाद्यबादनको प्रतियोगीता मात्र संचालन गर्दै आएको साँस्कृतिक संस्थानले पहिलो पटक दोहोरी प्रतियोगीता संचालन गरेको हो । प्रतियोगिताको निर्णायकमा अमरविरही गुरुङ, चन्द्र शर्मा, बद्री पराजुली, कृष्ण गुरुङ रहेका थिए ।

LIVE TV