२३ असार २०७४, शुक्रबार

काठमाण्डौ । नेपालमै दोस्रोपटक कलेजो प्रत्यारोपण सफल भएको छ । मानव अगं प्रत्यारोपण केन्द्रमा काठमाण्डौंका ५७ वर्षीय हर्कराज महर्जनको असार १८ गते कलेजो प्रत्यारोपण भएको हो । यसअघि मङ्सिर २२ गते भक्तपुर सूर्य्विनायकका ३६ वर्षीय बलराम नागाको पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको थियो ।

 

मानव अगं प्रत्यारोपण केन्द्रमा काठमाण्डौंका ५७ वर्षीय हर्कराज महर्जनको असार १८ गते कलेजो प्रत्यारोपण भयो । यो नेपालमै दोस्रो पटक भएको सफल कलेजो प्रत्यारोपण हो । महर्जनलाई उनकै २४ वर्षीय छोरी सरिता महर्जनले कलेजो दिएकी छन् । गत आइतबार काठमाडौँ लगनटोलका ५७ वर्षीय हीराकाजी महर्जनको दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको हो । महर्जनलाई उनकी २४ वर्षीया छोरी सरिता महर्जनले कलेजो दान गरेको हो । कलेजो प्रत्यारोपण पछि हिराकाजी महर्जनले आफुलाई ठीक हुँदै गएको महसुस भएको बताए ।

नेपालमा यो दोस्रोपटक सफल कलेजो प्रत्यारोपण भएको हो । अस्पताल स्रोतका अनुसार महर्जनको अवस्था सामान्य हँदै गएको छ । पहिलोपटकको बलरामको शल्यक्रिया दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोलीको सहभागितामा सम्पन्न भएको थियो । दोस्रो अर्थात् महर्जनको शल्यक्रिया भने भारतस्थित नयाँदिल्लीको म्याक्स हस्पिटलबाट आएको टोली र नेपाली टोलीले सम्पन्न गरेको अस्पताल केन्द्रको स्रोतले जानकारी दिएको छ । तीन वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आएको केन्द्र छोटो अवधिमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो ।

कलेजो प्रत्यारोपण चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिन्छ । मङ्सिरमा अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पारित भएपछि नेपालमा कलेजो प्रत्यारोपणको बाटो खुलेको थियो । अझै पनि नेपाली बिरामी कलेजो प्रत्यारोपणका लागि भारत, जापान, अमेरिका जस्ता मुलुकमा गएर एक करोड ५० लाख रुपियाँसम्म खर्च गरिरहेका छन् ।

 

LIVE TV