२३ असार २०७४, शुक्रबार

मोरङ । मोरङमा विपन्न विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययनमा सरकारले छात्रवृत्ति उपलब्ध गराउदै आएको भए पनि प्रचार प्रसार नभएका कारण धेरै विद्यार्थीहरुले सो छात्रवृत्ति नलिने गरेको पाइएको छ ।

विश्व बैक र एशियाली विकास बैंकको सहयोगमा संचालित विद्यार्थी वित्तीय सहयोग कोष कार्यक्रम अन्तर्गत १२ कक्षामा विज्ञान विषय र स्नातक पढ्नका लागि सरकारले विपन्न समुदायका विद्यार्थीहरुलाई १४ हजार र १८ हजार रुपैयाँ वार्षिक उपलब्ध गराउदै आएको छ । वर्षेनी ३ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने भएपनि जानकारीको अभावमा आवश्यक कोटा अनुसार रकम वितरण हुन नसकेको विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिले जनाएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुलाई सो छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया बारे जानकारी गराउदै विपन्न बर्गका विद्यार्थीले छात्राबृत्ति नलिएको पाइएको हो ।

कार्यक्रममा विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले सरकारले ल्याएको कार्यक्रममा लक्षित समुदायका विद्यार्थीहरुलाई आकर्षित गराईदिन सरोकारवालाहरुलाई आग्रह गरे ।

LIVE TV