२३ असार २०७४, शुक्रबार

अहिले पनि प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको मत परिणामहरु आउँनेक्रम जारी छ भने पहिलो चरणमा बैशाख ३१ गते भएको स्थानीय तहका नवनिर्वाचित प्रमुख उपप्रमुखहरुले भने काम गर्न थालिसकेका छन् । त्यसमध्येका एक हुन काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन ।

हेर्दा निक्कै राम्रो र लोकप्रिय काम गर्न खाजेको जस्तो देखिए पनि अहिले उनी विवादको घेरामा तानिएका छन् । किर्तिपुरको सडक विस्तार गर्ने नाममा उनले अर्को सरकारी निकाय विद्युत प्राधिकरणको भवन भत्काउन डोजर नै चलाए जस्ले उनलाई विवादको केन्द्रमा तानेको छ ।

सबै प्रमाणहरु हेरिसकेपछि स्पष्ट हुन्छ कि किर्तिपुरमा मेयर रमेश महर्जन भूमाफियाको चंगुलमा फसेका छन् । उनी जनताको भन्दा केही निहीत भूमाफियाको चंगुलमा फसेर विना योजना मात्रै विद्युत प्राधिकरणको भवन भत्काउन चाहन्छन् र मेयर महर्जनको यस्तो हर्कत तत्काल रोकियोस् ।

LIVE TV