२३ असार २०७४, शुक्रबार

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ की एक महिलाको बिहीबार रूखको हाँगाले च्यापिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३४ वर्षीया सिरमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । धारामा पानी लिनजाने क्रममा कटुसको रूखको हाँगा भाँचिएर च्याप्दा ती महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

LIVE TV