२३ असार २०७४, शुक्रबार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक गृहकार्य थालेका छन् । बालुवाटार स्रोतका अनुसार केही दिनभित्रै नयाँ मन्त्री थपिँदै छन् ।

यसअघि कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री , फर्मुल्ला मन्सुर श्रम तथा रोजगार मन्त्री नियुक्त भइसकेका छन् ।

यी हुँदैछन् मन्त्री ?
देउवा सरकारमा मन्त्री बन्न कांग्रेसभित्र ठुलै रस्साकस्सी छ । कांग्रेसभित्रका ३ वटै गुटहरु आफ्नो पक्षमा धेरै भाग पर्नुपर्ने अडानमा छन् ।

सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला नेतृत्वको गुटको भागवण्डाका आधारमा मन्त्री सिफारिस गर्ने तयारी भइरहेको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि गुटगत भागवण्डाकै आधारमा कांग्रेसले मन्त्री चयन गरेको थियो ।

कांग्रेसको तर्फबाट सरकारमा १० जना मन्त्री बन्दैछन् । जसमा सभापति देउवा निकट श्रेृष्ठ,कार्की र मन्सुर मन्त्रि भइसकेका छन् । उनको गुटबाट अब थप ३ जना मन्त्री बन्ने छन् । तर, आकांक्षकिो लर्को भने लामै छ । देउवा गुटबाट मन्त्रि हुने दौडमा मिन विश्वकर्मा, अर्जुन जोशी, भिष्मराज आंगदम्बे, बीरबहादुर बलायर, मदन अमात्य र ध्यानगोविन्द रञ्जितको नाम चर्चामा छ । त्यस्तै, पौडेल गुटमा पनि आकांक्षीहरु धेरै छन् । रामकृष्ण यादव,कमला पन्त, जीवन परियारर, नारायण खड्का, धनराज गुरुग र बद्री पाण्डेको नाम चर्चामा छ । सिटौला गुटबाट भने भिमसेनदास प्रधान मन्त्री बन्ने निश्चित रहेको स्रोतको दाबी छ ।

LIVE TV