२२ असार २०७४, बिहीबार

काठमाण्डौ । बिदुर नगरपाललिका १२ नुवाकोटका शिवप्रसाद रिमालको मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्ने क्रममा मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले मिर्गौला झिकिदिएपछि अस्पताल अहिले विवादमा तानिएको छ ।

पत्थरीको अप्रेसन गरेर पत्थरी परिवारलाइ त्यतिबेलै नबुझाएर पांच दिन पछि बुझाएकोले आफ्नो मृगौला अन्य प्रयोजनको लागि झिकिएको पीडितको आरोप छ । अस्पतालले भने शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दा पनि रक्तश्राव बन्द नभएपछि बिरामीको ज्यान बचाउन मृगौला झिकिएको बताएको छ ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ बर्षीय रिमाल कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि सो अस्पतालमा गएका थिए । चिकित्सकले मिर्गौलामा पत्थरी छ भनेपछि २५ गते शल्यक्रिया गरेका थियो । शल्यक्रियाका क्रममा उनको मिगौला पनि झिकीएको रहेछ । शल्यक्रियाको पाँचदिनपछि मात्रै अस्पतालले आफ्नो मिर्गौला परीवारलाई देखाएकाले आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि निकालिएको उनको आशंका छ ।

उनले अस्पतालसंग पटक पटक अन्य सम्झौता संगै ५० लाख माग गरिरहेका छन् तर अस्पतालले भने ५० लाख क्षतिपूर्ति दिन मानेको छैन । यदि ५० लाख पाए आफुले न्याय पाएको महसुस हुने उनको भनाई छ अस्पतालले उनकी श्रीमती रन्जु रिमालसँग भने बिभिन्न शिर्षकमा सम्झौता समेत गरिसकेको बताए ।
सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बिमा गरिदिने विषय उल्लेख छ ।

मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलल प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँतर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दा पनि रक्तश्राव बन्द नभएपछि ज्यान बचाउन मिर्गौला झिक्दा बिरामीको आफन्तको सहमति रहेको जिकिर गरेको छ ।

 

LIVE TV