२२ असार २०७४, बिहीबार

काठमाण्डौ । सरकारले विभिन्न राष्ट्रहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय संयन्त्र गठन गरेको छ । सरकारले मित्र राष्ट्र चीन र अष्ट्रेलियासँग सम्बन्ध प्रगाढ बनाउन सचिवस्तरीय संयन्त्र गठन गरेको हो ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल र अष्ट्रेलियबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्न र समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ । बैठकले मित्र राष्ट्र चीनसँग उद्योगसम्बन्धी विषयमा र आर्थिक समृद्धिका विषयमा छलफल गर्न उद्योगमन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ । त्यसैगरि बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा नहकुल सुवेदीलाई बढुवा गर्ने समेत निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

संसदमा बुधबार गृहमन्त्रीले सप्तरीका बाढी पीडितहरुलाई राहत स्वरुप नगद दिने आश्वासन दिएपनि आजको मन्त्रिपरिषद बैठकले यस विषयमा भने कुनै पनि निर्णय गरेन ।

LIVE TV