२२ असार २०७४, बिहीबार

काठमाडौं । अभिनेत्री नीशा अधिकारी सँधै कुनै न कुनै बिषयमा चर्चामा आउने अभिनेत्री हुन् । अभिनेत्री नीशा र क्रिकेटर सरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । नीशा र सरदको बिहेको चर्चा सेलाउन नपाउँदै जन आस्था साप्ताहिकमा अर्को गसिप बाहिरीएको छ, जुन अहिले सामाजिक सञ्जालमा वाईरल बनिरहेको छ ।

आस्था साप्ताहिकमा उल्लेख गरिए अनुसार अभिनेत्री निशा र क्रिकेटर सरदबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भएपछि उनका कथित पुर्वप्रेमी दावा स्टेभेन शेर्पाले दिएका गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै गरेको कुरा सम्प्रेषण गरिएको छ ।

यसै समाचारलाई खण्डन गर्दै अभिनेत्री नीशाले जनआस्थामा सम्प्रेषण गरिएको समाचारलाई आधार मानेर समाचार बनाउने न्युज पोर्टलहरु माथि आक्रोस ब्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै जनआस्था साप्ताहिक र न्युज सम्प्रेसषण गर्ने मिडियाहरुमाथि आक्रोस पोखेकी हुन् ।

उनले स्टाटस लेख्दै जस्ले जनआस्था साप्ताहिकमा सम्प्रेषण गरिएको समाचारलाई आधार बनाएका सम्प्रेषण गर्ने सम्पुर्ण मिडियाहरुलाई आगामी आफ्नो कुनै पनि कार्यक्रममा नपाठाउन भनेका छन्, भने २४ घण्टा भित्र सम्प्रेषण गरिएका त्यस समाचारलाई पनि हटाउन भनेका छन् ।

LIVE TV