भक्तपुर । विदाइका टीका लगाएर प्रमाणपत्र ग्रहण गर्दैगर्दा म्यादी प्रहरी विनिता खड्काको आँखा रसायो । म्यादी प्रहरीमा रहेर दुई महिना प्रहरीकै भूमिका निर्वाह गरिएका उनीले विदाइको क्षण तीतो भएकाले आँसु रोक्नै नसकेको बताए ।
आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित विदाइ कार्यक्रममा यसैगरी धेरै म्यादी प्रहरीको आँखा आँशुले भरिए ।म्यादी प्रहरीमा छँदा आफूलाई देशको जिम्मेवार सिपाहीको रुपमा पाएको अनुभव उहाँले व्यक्त गर्नुभयो । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–८ जितपुरका २० वर्षीया विनितासँगै अरु म्यादी प्रहरी पनि भावविह्वल भए ।