२१ असार २०७४, बुधबार

बाग्लुङ । दुई दिनदेखि लगातारको वर्षाका कारण गुल्मी, वाग्लुङ्ग, अर्घाखाँची, प्युठान र रुकुम जिल्ला प्रभावित भएका छन् । पहिरोले वाग्लुङ्गको सदरमुकाम बाग्लुङदेखि पश्चिम वुतिवाङ्ग र रुकुमको लुकुमसम्मको यातायात सेवा ठप्प हुँदा यात्रु प्रभावित बनेका छन् ।

मध्य पहाडी लोकमार्ग अन्तर्गतको बाग्लुङका विभिन्न स्थानमा खसेको पहिरोका कारण यातायात अबरुद्ध भएको हो । बाग्लुङको देविस्थान खोला बढेपछि वुर्तिबाङ्गदेखि निसीको यातायात सेवा पनि ठप्प भएको छ ।यातायत अबरोध भएसंगै दैनिक उपभोग्य वस्तु किनमेलमा समेत समस्या भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ का आँधा दर्जन घरहरु जोखिममा परेका छन् ।

LIVE TV