२१ असार २०७४, बुधबार

संखुवासभा । असार १५ गते धान दिवस मनाउने गरिए पनि सङ्खुवासभामा यस बर्ष छ दिन पछि बुधबार धान दिवस मनाईएको छ । असार १४ गते स्थानीय तहको निर्वाचन भएकाले ६ दिन पछि धान दिवस मनाइएको हो ।

जिल्ला कृषि विकास कार्यालयको आयोजनामा १४ औं धान दिवस बुधबार मनाइएको हो । खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहा खेतमा सामुहिक धान रोपाई गरिएको थियो । विभिन्न कार्यालयका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा एक हप्ता पछि संखुवासभामा धान दिवस मनाइएको हो । वरिष्ठ कृषि विकास अधिकृत रविलाल शर्माले स्थानीय तहको निर्वाचनका कारण विभागीय निर्देशन अनुसार नै धान दिवस कार्यक्रम सारिएको बताए । हालसम्मसङ्खुवासभामा करिब ३० प्रतिशत रोपाई सकिएको समेत अधिकृत शर्माले जानकारी दिए ।

दुई धान बाली खेतीको विस्तार, आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ यस बर्ष धान दिवस मनाइएको छ ।

LIVE TV