२१ असार २०७४, बुधबार

भद्रपुर। व्यावसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय कार्यक्रमअन्तर्गत व्यावसायिक कृषकले झापामा रु ३० लाख अनुदान रकम प्राप्त गरेका छन् ।

आव २०७३-७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही रु एक लाख ५० हजारका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्र्षकमा अनुदान दिइएको हो ।उक्त कार्यक्रमअन्तर्गत युवा लक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला पशु सेवा कार्यालयका डा कुमारसिंह खत्रीले जानकारी दिनुभयो । गत वर्षसम्म जिल्लामा २८ वटा बाख्रा फार्म रहेका थिए । यस वर्ष ५६ वटा फार्म थपिएका छन् ।

LIVE TV