२१ असार २०७४, बुधबार

काठमाण्डौ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न छिमेकी राष्ट्र भारत आतुर रहेको बताएको छ । उनले प्रधानमन्त्री देउवाको भारत भ्रमण छिट्टै उल्लेख गर्दै त्यसका लागि तयारी सुरु भएको जानकारी दिए ।

 

व्यवस्थापिका संसदको बुधबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री महराले भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको बताए । उनले भेटमा प्रधानमन्त्रीको केहि समयपछि हुने भ्रमणको मिति छिटै तय हुने र त्यसको जिम्मा दुवै देशका राजदुतलाई दिइएको समेत जानकारी दिए ।

परराष्ट्रमन्त्री महराले भारतमा लागू गरिएको नयाँ कर नीतिले नेपालमा पारेको समस्या समाधान गर्न सचिवस्तरीय बैठक बस्ने सहमति भएको समेत जानकारी गराउनुभयो । साथै उहाँले परराष्ट्रमन्त्री महराले आगामी अगष्टमा हुने विमस्टेक बैठकमा भाग लिन भारतीय विदेश मन्त्री स्वराज नेपाल आउने जानकारी दिए ।

LIVE TV