२१ असार २०७४, बुधबार

 

पोखरा ।कास्कीको पोखरा सस्तो बजारमा ताला लागेसंगै व्यबसायीहरु बिरोधमा उत्रिएका छन् । नेपाल वायुसेवा निगम सहितका प्रहरी प्रशासनले शनिबार वल प्रयोग गरि वजार बन्द गराएपछि व्यबसायीहरुले विरोधमा उत्रिएका हुन् ।

पोखरा उप महानगरपालिकाले फुटपाथ ब्यवस्थापन गर्ने भन्दै २०७० सालमा सडकमा ब्यापार गर्ने ब्यापारीको प्रयोजनार्थ पोखरा पृथ्वीचोकको सस्तो बजार स्थापना गरेको थियो । प्रशासनले विना सूचना वल प्रयोग गरि वाहिर निकालेर वजारको मुल ढोकामा तालाबन्दी गरेपछि व्यापारीहरु बिरोधमा छन् । फलफुल तथा तरकारी बेचेर गुजारा चलाइरहेका २ सय १७ परिवारले मुखको माड खोस्ने गरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाए ।

तरकारी फलफुल जन्य वस्तु कुहिएर बजारमा दुर्गन्ध फैलन थालेको छ ।

LIVE TV