२० असार २०७४, मंगलवार

झापा । मेची राजमार्गअन्तर्गत झापाको बुधबारे–चारआली सडकखण्डमा दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नंको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलका चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक दुबैका नाम र ठेगाना भन्ने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोहि बसले ठक्कर दिदाँ गम्भीर घाईते भएकी बुद्धशान्ति गाउँपालिका–४ की पैदलयात्री ६० वर्षीया सन्तमाया तामाङको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

LIVE TV