२० असार २०७४, मंगलवार

काठमाण्डौ। सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोग विरुद्धको खोप थप्न नेपालका लागि चुनौती भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले गरेको राष्ट्रिय कार्यशालामा पछिल्लो समयको तथ्याङ्कले खोपको कभरेज घटाएको देखाएकाले अब त्यसलाई बढाउँदै नयाँ खोपको उपलब्ध गराउन चुनौतीपूर्ण भएको बताइएको हो ।देशका ८७ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको भनिए पनि २०१६ मा गरिएको सर्भेमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क देखाएको थियो । अहिले पनि १०० जनामा १० जना बालबालिकाले कुनै पनि खोप पाएका छैनन् । त्यसैगरी ६६ हजार बालबालिका खोपको पहुँचमा पुगे पनि सबै खोप नपाउने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले खोप पाउनबाट कुनै बालबालिका बञ्चित हुनबाट रोक्न के गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गर्नुपर्ने बताए ।नेपाललाई खोपमा आत्मनिर्भर बनाउन खोप कोषलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सङ्घीयतामा जाँदा राष्ट्रियस्तरका कार्यक्रमलाई कसरी स्थानीय तहमा लाने भन्ने विषयमा चाँडै टुङ्गो लगाउनुपर्ने उनको भनाइ थियो ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सबै जिल्लालाई खोप पूर्ण बनाउन खोप कोष आवश्यक भएकाले आत्मनिर्भर बन्नका लागि कोषमा पर्याप्त रकम बढाउनुपर्नेमा जोड दिए ।आगामी तीन वर्षभित्र नेपालमा रोटा भाइरस, कलेरा र टाइफाइटको खोप भित्र्याउने महानिर्देशक पन्तले बताए ।

 

राष्ट्रिय खोप कार्यक्रम नेपालका लागि बालबालिकालाई खोपको पहुँचमा पु¥याई देशलाई खोपको अभावका कारण हुने मृत्युदर रोक्ने महत्वपूर्ण तथा प्रभावकारी कार्यक्रम रहँदै आएको छ । विश्वस्वास्थ्य सङ्गठनले २४ प्रकारका खोपलाई सूचीकृत गरे पनि नेपालमा ११ प्रकारका खोपमात्र उपलब्ध छ

LIVE TV