२० असार २०७४, मंगलवार

चितवन । चितवनमा भएको रात्रिबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । इच्छाकामना गाउँपालिकामा रात्रिबस दुर्घटना हुँदा तीन महिने शिशुसहित प्रहरी जवान र चालकको ज्यान गएको हो । घाइते भएका मध्ये २ को अवस्था गम्भीर छ ।

काठमाडौंबाट धनगढीकाका लागि छुटेको ना ६ ख ६४६८ नम्बरको रात्रिबस इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा राति पौने ३ बजे दुर्घटनामा परेको हो । प्रहरी जवान राजकुमार चौधरी र उहाँकी ३ महिने छोरीको ज्यान गएको छ भने उहाँकी श्रीमतीको अवस्था गम्भीर भएको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनु भएको छ ।

केन्द्रीय प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चौधरी बिदा मनाउन घर कैलाली जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा चालक दिनेश राना मगर, कैलालीका राजी चौधरी, कैलाली टीकापुरकी धनकला टमटा, कैलालीकै तिलादेवी शाह घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस तीव्र गतिका कारण दुर्घटनामा परेको हो ।

LIVE TV