२० असार २०७४, मंगलवार

चितवन । पश्चिम चितवनको पटिहानी क्षेत्र सौराहाको बिकल्पका रुपमा उदाएको छ । सम्भावनाका बिचमा हराएको पर्यटकीय नगरी पटिहानी पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको पाईन्छ । राष्ट्रिय निकुञ्जको समिपमा रहेको र राप्ती नदीसंगै विभिन्न धार्मिक पर्यटकीय केन्द्रहरु र सो आसपासका क्षेत्रमा निमार्ण हुदै गरेका ठूला होटलहरुका कारण पटिहानी पर्यटकीय केन्द्र बन्दै गएको हो ।

भरतपुर महानगरपालिका–२२ मा रहेका वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक र बेल्सर मध्यवर्ती सामुदायिक बन पर्यटक आकर्षणका केन्द्र हुन भने त्यो संगैको राप्ती नदी र निकुन्ज त झन पटिहानिका लागि बरदानकै रुपमा रहेको छ । बेल्सर मध्यवर्ती सामुदायीक बनमा पर्ने सितामाई मन्दिर पनि पर्यटकिय केन्द्र बन्दै गएको छ । सितामाई मन्दिरलाई राष्ट्रिय निकुञ्जमा पर्ने बिक्रमबाबा मन्दिरको बहिनीको रुपमा लिइन्छ । त्यस्तै त्यही रहेको योगी नरहरी नाथको कोटीहोम स्थल पनि पर्यटकीय केन्द्रनै बनेको छ। बिक्रमबाबा मन्दिर दर्शन गर्नेले अनिवार्य सितामाई मन्दिरको दर्शन गर्नुपर्ने किम्बदन्ती रहेको पर्यटन विकास समिति पटिहानीका अध्यक्ष खेम भट्टबताउछ ।

पटिहानी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा रहेका महत्वपूर्ण स्थानहरुको बिकास गर्ने र बेल्सर सामुदायीक बनबाट पटिहानीदेखि सौराहको हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी गराउने ब्यवस्था समेत गर्न लागेको भरतपुरमहानगर वडा नम्वर २२का अध्यक्ष बिष्णु महतोले बताए ।

बेल्सर सामुदायिक बनभित्र ४ वटा काठे पुल, १ वटा भ्युटावर, त्यस्तै बेल्सर, श्रमीक र १५ कट्टा जमिनमा मानब निर्मित तालसंगै ३ वटा ताल रहेको छ ।

LIVE TV