२० असार २०७४, मंगलवार

काठमाडौं । कार्टुन क्रिउले ‘प्रेमगीत २’ मा समाबेश गरिएको गीत ‘मोटरसाईकलमा’ बोलको गीतको कभर भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सो कभर भिडियोमा कार्टुन क्रिउ सँगै सोही फिल्मकी अभिनेत्री आस्लेशा ठकुरी फिचरीङ छन् ।

फिल्मको सो गीतको ओरिजिनल भिडियोमा अभिनेता प्रदीप र स्वस्तिमाले फिचरिङ गरेका छन् । इन्दिरा जोशी र प्रताप दासको आवाज रहेको यस गीतमा राजेश कुमार श्रेष्ठ र बबिन अधिकारीको शब्द रेहको छ । कभर भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा आष्मा बिश्वकर्मा र सरोज अधिकारीको कोरियोग्राफी रहेको छ । साउन १३ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत २’मा प्रदीप खड्का र आस्लेशा ठकुरी मुख्य भुमिकामा छन् । फिल्मलाई आसुसेन फिल्मस्को ब्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन् ।

फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक पाठककै रहेको छ । निर्माण पक्षका अनुसार फिल्मले नेपाल र थाइल्याण्डको युवा युवतीको प्रेमकथालाई पर्दामा प्रस्तुत गर्नेछ । अहिले रिलिज मिती नजिकिँदै गर्दा फिल्मको निर्माण पक्ष भने प्रचार प्रसारको लागि कन्सर्ट ट्युरमा निस्केका छन् । दमौली, पोखरा, नेपालगन्ज लगाएतका ठाउँमा भब्य रुपमा कन्सर्ट सम्पन्न गरिसकेका छन् ।

LIVE TV