२० असार २०७४, मंगलवार

बाँके । बालिकाहरुलाई लक्षित गरी बाँकेमा स्पोकन वर्ड पोयट्री विषयक ३ दिने कार्यशालामा शुरु भएको छ । सेभ द चिल्ड्रेनको आयोजनामा शुरु भएको कार्यशालामा हरेक अन्तिम बालबालिका अभियान अन्र्तगत मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका २९ जना बालिकाहरुलाई सहभागी गराईएको छ ।

 

१३ देखि १८ बर्षका २३ बालिकाहरुको मध्ये १२ जना भने पूर्ण अपाङ्कता भएका बालिकाहरु छन् ।, त्यस्तै अन्य ६ जना सहभागीहरु भने १८ बर्ष माथिका छन । यस क्षेत्रका ५ जिल्लाहरु अछाम ,बाजुरा, कालिकोट, दैलेख र बाँकेका बालिकाहरु अहिले कार्यशालामा कविता मार्फत आफ्ना अनुभव र समस्या आदनप्रदान गरिरहेका छन् । नेपालमा सन २०१७ बाट शुरु भएको यो कार्यक्रमले बालबालिकालाई असर पार्ने बिभिन्न बिषय वा मुद्धाहरुलाई प्राथमिकतामा राख्दै आएको छ । कोही पनि बालिकाले आफुले पाउनु पर्ने अधिकारबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यका साथ सेभ द चिल्ड्रेनले स्थानीय साझेदार संस्थाहरुसंग मिलेर यो कार्यक्रम सञ्चालन गरेको सेभ द चिल्दे्रन बाँकेका सञ्चार संयोजक रचना श्रेष्ठले जानकारी दिए ।

कार्यशालामा शब्दका योद्घाहरु समुहका उज्वला महर्जन, युक्ता बज्राचार्य, प्रमोद के.सीले प्रशिक्षण दिइरहनुभएको छ । कार्यशालापश्चात बालिकाहरुले आफ्नो समुदायमा गएर आफुले सिकेका सीपहरु अन्य बालबालिकाहरुसंग साटासाट गर्ने तथा समुदायमा बालिकाहरुमाथि हुने भेदभाब, अन्याय तथा कुरीतिबिरुद सामुहिक रुपमा आवाज उठाउन सक्ने क्षमताको विकास हुने आयोजकले अपेक्षा लिएको छ ।

LIVE TV