२० असार २०७४, मंगलवार

काठमाण्डौ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ ।एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ ।

मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए । पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षात हुनसकेको थिएन । तर, सोमबारदेखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउनुहुन्छ । उहाँका अनुसार बङ्गालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभरनै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।

LIVE TV