२० असार २०७४, मंगलवार

चीनका राष्ट्रपति सी जिनपिङ्ले चीन र अमेरिकाबीचको सम्वन्धमा अमेरिकाका पछिल्ला गतिविधिले केही समस्या आएको बताएका छन् । आफ्नो अमेरिकी समकक्षीसँग टेलिफोन वार्ता गर्दै चीनिया राष्ट्रपतिले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसंग बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताएका हुन् ।

अमेरीकि नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै त्यस जहाजलाई नियन्त्रणमा लिएको थियो । सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि समस्या बन्ने गरेको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

दुई शक्तिशाली विश्व नेताबीच भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग फ्लोरिडामा गत अप्रिलमा भएको भेटले महत्वपूर्ण सफलता हासिल गरेको बताएका थिए । कुराकानीका अवसरमा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने विश्वास व्यक्त गरेका थिए । सीले अमेरिकीले ताइवान विषयलाई एक चीन नीतिमा आधारित भएर तदनुरुप कामगर्ने आग्रह गरेका थिए । दुई नेताबीच कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका विषयमा पनि कुराकानी भएको बताइएको छ । चीनले अमेरिकी व्यवसायिक साझेदारसँग ट्रम्पले सन्तुलित व्यवापारिक सम्बन्धलाई अघि बढाउनुु आग्रह गरेको पनि बताइएको छ ।

LIVE TV