२० असार २०७४, मंगलवार

काठमाडौं । केहि महिना अघि नेपालबाट अमेरीका उडेका पत्रकार प्रेम बानिया जापानमा भएको ‘ग्राण्डमोटिभेशनल इभेन्ट टोकियो’ कार्यक्रममा सहाभागिता जनाइसकेपछि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रियता, स्वाभिमानकाे आयतन देशको भूगोलभन्दा ठूलो हुन्छ भन्दै पोष्ट गरेका छन् । हेर्नुहोस बानियाको फेसबुक स्टाटस यस्तो छ –

(जापानबाट)
कार्यक्रम एकदमै सफल र एतिहासिक रहयाे । सयाैंकाे संख्यामा मानिसहरु जम्मा भएर भनिरहेका थिए ‘बिदेसिएकाे नागरिकसँग पनि राष्ट्रियता र स्वाभिमान हुन्छ हजुर !!! राष्ट्रियता, स्वाभिमानकाे आयतन देशको भूगोलभन्दा ठूलो हुन्छ । १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भन्दा ठूलाे राष्ट्रियताकाे मुटु छ हामीसँग !! तर नेपालका जडमानसिकताका केही मानिसहरु ठान्दछन् -देशबाट बाहिर जानासाथ उसको राष्ट्रियता, स्वाभिमान समाप्त भयो,खरानी भयो !!! तिनीहरु यतिसम्म बिर्सिदिन्छन् कि, उसले हिजो देशमा रहेर गरेको कर्म,योगदान वा जीवन नै जोखिममा पारेर देश र जनताका लागि गरेका सारा कामहरु । तर, सत्य यसभन्दा विशाल छ र नेपालको क्षेत्रफलभन्दा धेरै गुणा फराकिलो हुन्छ राष्ट्रियता । १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भन्दा ठूलो छ मेरो मुटु र देशबाहिर रहेका लाखौं मानिसहरुको मुटुको आयतन धेरै नै फराकिलो छ यसभन्दा/देशभन्दा।’ धेरै धन्यवाद सवैलाई !!

LIVE TV