२० असार २०७४, मंगलवार

 

 

देशकै ठूलो उपमहानगरपालिका अब एमालेका उम्मेदवार नरुललाल चैधरी र सीता न्यौपानेले हाँक्ने भएका छन् । दाङको घोराही उपमहानगरपालिकाको नेतृत्वमा मतदाताहरुले चौधरी समुदायका नेतालाई प्रमुख पदमा भारी मतान्तरले निर्वाचित गराए । उक्त उपमहानगरमा २२ हजार ३० मतका साथ चौधरी प्रमुख पदमा विजयी भएका हुन् ।

दाङको साविक रामपुर गाबिस र हाल घोराही उपमहानगरपालिका सुर्केडाँगी निबासी चौधरीले कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगीलाई ४५ सय ४६ मतलेपछि पार्दै मेयरमा निर्वाचित हुन सफल भए । उनका प्रत्याशी कांग्रेसका डाँगीले १७ हजार ४ सय ८४ मत ल्याए ।

त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार सीता न्यौपाने निर्वाचित भइन् । उनले २० हजार ७ सय ९२ मत ल्याइन् । उनका प्रत्यासी कांग्रेसका पुष्पा श्रेष्ठले १७ हजार ६ सय ३ मत ल्याए । त्यस्तै, माओवाादी केन्द्रका प्रमुख पदका उम्मेदवार जीवन गौतमले १२ हजार २२ मत ल्याए भने उपप्रमुखमा सीता चौधरीले १२ हजार ४ सय २४ मत ल्याइन् । उपमहानगरको प्रमुखमा १२ र उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका दिए ।

नयां पत्रिका बाट

 

LIVE TV