१९ असार २०७४, सोमबार

कुनै बेला सुन्दर शहरको रुपमा परिचित थियो राजधानी काठमाण्डौ । स्वच्छ सफा र हरेक प्रकारका सुविधाले गर्दा हरेक क्षेत्रका मानिसहरुको आकर्षणको केन्द्रविन्दु बन्न थाल्यो ।

अहिले राजधानी काठमाण्डौँ भनेपनि मानिसहरु मुख विगार्न थालेका छन् । अव्यवस्थित शहरी संरचना, प्रदुषण, लथालिंग पूर्वाधार जस्ता अनेकौँ समस्याले राजधानीको पहिचानमा दाग लाग्दै गएको छ । विभिन्न अभाव अनेकन समस्याहरु असुरक्षा आदिका कारण राजधानीले लाजधानीको उपमा पाउन थालेको छ ।

राजधानीको नाममात्र सुनेका र राजधानी प्रवेश नगरेका नागरिकहरुलाई राजधानी सहर कस्तो नै होला भन्ने कौतुहलता जाग्न सक्छ । त्यो स्वभाविक पनि हो । राजधानी भन्ने वित्तिकै कल्पनामा पनि आउँछ कि, सुन्दर सफा, असीमित पूर्वाधार, सुविधै सुविधाले सुसम्पन्न शहर इत्यादि । तर यहाँको कथाब्यथा बेग्लै छ । असीमित सपना बोकेर राजधानी छिरेकाहरु यहाँको अव्यवस्थाले वाक्क दिक्क छन् । यहाँ नागरिकहरु सहज रुपमा यात्रा गर्न सक्दैनन् । गाडीको भिडमभिड यात्रा र पैदलका लागि जोखिमपूर्ण फुटपाथ । त्यसमाथि प्रदुषण र धुलोधुँवाको त कुरै नगरौँ । सडकको जाम उस्तै छ , बर्खामा हिलैहिलो खडेरीमा खानेपानीकै अभाव । उखानमा सीमित रहेको मेलम्चीको सपनाले अझै पूर्णता पाएको छैन । तर पनि त्यो आश मरेको छैन । नागरिकहरु घरबाट निस्कने वित्तिकै कुनै न कुनै समस्याले पिरोलिन्छन् । तिनै असन्तुष्टिलाई कसैकसैले त यसरी ओकलेका छन् । यो दृष्य हेर्नुहोस् ।

यो सांच्चै कुनै नर्कको कल्पना भन्दा कम छैन राजधानी । यहाँका हरेक भित्ताहरु यस्तै दुर्दशाले पोतिएका छन् । काठमाडौ यतिधेरै अव्यवस्थित बन्यो कि । मानिसहरुको तीब्र बृद्धिसंगै यहाँका बस्तीहरु बाक्लिए । र अहिले काठमाण्डौले थेग्नै नसक्ने घर भवनहरु निर्माण भएका छन् । जसका कारण न कुनै सडक राम्रो र ब्यबस्थित छ । राजधानीमा आम नागरिक शास्ती नै सास्ती खेपेर जीवन गुजारीरहेका छन् । यसअघि जे भयो अव त केहि गर्ने समय आएको छ । स्थानीय निकायको निर्वाचन संगै काठमाण्डौ महानगरपालिकाले समृद्ध महानगर बनाउने ठेकेदार पाएको छ । त्यसभित्र राजधानीलाई सुन्दर र समृद्धिले भरिएको स्मार्टसिटी बनाउने सपना छ । त्यो सपना पदमा पुग्ने दाउमात्र नवनोस् । अबको ५ बर्ष भित्रै यहाँका जनताले सपना पुरा भएको देख्न पाए भने त्यो नै धन्य हुनेछ ।

 

LIVE TV