१९ असार २०७४, सोमबार

नवलपरासी । नवलपरासीका किसानहरुलाई यतिबेला धान रोपाईको चटारो परेको छ । किसानहरु यतिबेला धान रोपाईमा निकै व्यस्त देखिन्छन् । यस बर्ष समयमै बर्षा भए संगै किसानहरुका खेतमा तयार भएको धानको बिउलाई खेतमा धान रोप्न व्यस्त देखिएका हुन् ।

tgx’Fsf] 9fk6f/l:yt v]tdf r}t]wfg /f]kfOF ub}{ :yfgLo dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;

 

धान खेतीका लागि उर्भर भूमि मानिने नवलपरासीमा धान रापाई कार्य तीब्रताका साथ किसानहरु लागिपरेका छन् । यस बर्ष समयमै बर्षा भएका कारण किसानहरु समयमै धान रोपाईमा लागेका जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ । यस पटक नवलपरासीमा मोटा , चैते दुई , चैते चार , चैते छ , ध्युपुरी र हर्दिनाथ लगायतका अन्य प्रजातीका धान रोपाई किसानहरुले गर्दै आएका छन् ।

नवलपरासीमा कुल ४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा करिब १ लाख ७० हजार मेट्रिक टन धान उत्पादन हुने गरी जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

 

 

LIVE TV