१९ असार २०७४, सोमबार

काठमाण्डौ। श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग भएको शिष्टाचार भेटवार्तामा नेपाली कामदारले बढी जापानमा जाने इच्छा बढी गरेकाले नयाँ क्षेत्र पहिचान गरी तिनलाई रोजगारीको अवसर प्रदान गराउन राजदूतमार्फत जापान सरकारसँग आग्रह गरिएको छ ।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री मन्सुरले नेपाल र जापानबीच सन् २००३ मा भएको सम्झौताबमोजिम नेपाली कामदारलाई व्यवस्थित रुपमा जापान पठाउनेसम्बन्धी निर्देशिका तय भई हालसम्म एक हजार ७२८ प्रशिक्षार्थी कामदार जापान गई काम गरिरहेकामा खुसी व्यक्त गरेको मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

सो अवसरमा राजदूत ओगावाले नेपाली कामदारलाई जापानमा उल्लेख्य सङ्ख्यामा लैजाने सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

LIVE TV