१९ असार २०७४, सोमबार

मोरङ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय गच्छेदारले माघ ७ गते भित्र गर्नुपर्ने संघीय संसद र प्रदेश निर्वाचनका लागि सरकारले तयारी थालेको जानकारी दिए ।

उनले निर्वाचन क्षेत्र तोक्न सरकारले चाँडै नै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने बताएको छ । सोमवार विराटनगरमा संचारकर्मीहरुसंग संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं उपप्रधानमन्त्री गच्छेदारले स्थानीय तहको निर्वाचन पछि संविधान कार्यान्वयनको दिशामा अघि बढेको र प्रदेश तथा संघीय संसदको निर्वाचन गराउन सरकार केन्द्रित रहेको बताए ।

उनले निर्वाचनमा खटिएका राजनीतिक दलहरु राजधानी फर्केपछि यस विषयमा कुरा हुने जानकारी दिए । उपप्रधानमन्त्री गच्छेदारले तेश्रो चरणको स्थानीय निर्वाचन अघि नै संविधान संशोधन विधेयकलाई परिमार्जन गरी पारित गराउन प्रयास गरिने जानकारी दिनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल एमालेको सहमति नै संविधान संशोधन गरिए मात्र विवाद र असहमति हट्न सक्ने धारणा व्यक्त गरे । ।

LIVE TV