१९ असार २०७४, सोमबार

अछाम। भीमदत्तनगरका सबै १० स्थानीय तहको नतिजा आएको छ ।जिल्ला निर्वाचन कार्यालयका अनुसार साँफेबगर नगरपालिकाका प्रमुखमा नेकपा एमालेका कुलबहादुर कुँवर पाँच हजार ८३८ मत ल्याई विजयी एको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँंग्रेसका ध्वजबहादुर कँुवरले पाँच हजार ४१२ मत ल्याएको छ ।

उपप्रमुखमा एमालेकै वीरमला बुड्थापा पाँच ९८४ मत ल्याई विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रुपा आउजीले पाँच हजार २६५ मत प्राप्त गरेका छन् ।

यसैगरी कमलबजार नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसका प्रमुखका उम्मेदवार ओमप्रकाश विष्टले तीन हजार ५८७ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपक अधिकारीले तीन हजार २७७ मत ल्याउनुुभएको छ । उपप्रमुखमा काँग्रेसकै भूमिसरा बजगाईँ ढकालले तीन हजार ६७२ मत ल्याई विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मना अधिकारीले तीन हजार २३७ मत ल्याएको छ ।

त्यस्तै ढकारी गाउँपालिकामा काँग्रेसका धनबहादुर बुढा तीन हजार ४५४ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज साउदले दुई हजार ९३० मत प्राप्त गरेको छ । उपप्रमुखमा काँग्रेसकै लक्ष्मी साउद तीन हजार ३८१ मतका साथ विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमा शाहीले दुई हजार ९३० मत ल्याएको छ ।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिमा काँग्रेसका राजेन्द्र खड्का दुई हजार ७९३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कमल तिमिल्सेनाले दुई हजार ३१९ मत प्राप्त गरेको छ ।

उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र०का लोकबहादुर साउद दुई हजार ४३६ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला रावलले दुई हजार ३८१ मत प्राप्त गरेको छ ।

यसैगरी मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लोगबहादुर बोहरा चार हजार ५०९ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्मर नेपालीले तीन हजार ९९२ मत प्राप्त गरेको छ । उपाध्यक्षमा काँग्रेसका धनबहादुर शाह चार हजार ४०८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका समिता महरले चार हजार २ मत ल्याए ।

यसैगरी पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेसका देवराज देवकोटा तीन हजार ५५५ मत प्राप्त गरी विजयी हुनुभयो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर कडायतले तीन हजार ७५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका अम्बिका चलाउने तीन हजार ७६० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी बोगटीले तीन हजार २१२ मत प्राप्त गरे ।

चौरपाटी गाउँपालिकामा एमालेका हर्कबहादुर साउद तीन हजार १३८ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भीमबहादुर साउदले तीन हजार १३७ मत प्राप्त गरेको छ । उपाध्यक्षमा काँग्रेसका माया कुँवर तीन हजार १७३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला बोगटीले तीन हजार १०१ मत प्राप्त गको छ ।

तुर्माखाँद गाउँपालिकामा काँग्रेसका पुष्पराज शर्मा तीन हजार ६९१ मत प्राप्त गरी विजयीभए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदबहादुर बुढाले तीन हजार ३७ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकै अमृता बुढा तीन हजार ३९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी गौमती शाहीले तीन हजार ३२८ मत प्राप्त गरे ।

 

रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । अध्यक्षमा माओवादी केन्द्रका झङ्कर साउद तीन हजार ४०२ र उपाध्यक्ष सरस्वती रावल तीन हजार २९० मत प्राप्त गरी विजयी भए ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः एमालेका चक्र रावलले दुई हजार ७३४ र बिन्द्रा साउदले दुई हजार ७६१ मत प्राप्त गरका छन् ।

अछामको सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिका प्रमुखमा एमालेका पदमबहादुर बोहोरा चार हजार ६९१ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांँग्रेस र माओवादी गठबन्धनका चन्द्रप्रसाद ढुङ्गानाले चार हजार ५५३ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि एमालेकै सरिता उपाध्याय चार हजार ९११ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी रोहिना भण्डारीले तीन हजार ७६ मत प्राप्त गरका छन् ।

LIVE TV