१९ असार २०७४, सोमबार

पाँचथर । फिदिम नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी भएको छ । प्रमुखमा ओनाहाङ नेम्वाङ छ हजार ९०६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले पाँच हजार ४९९ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा काँग्रेसकी उर्मिला प्रधान श्रेष्ठ छ हजार ५१८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना नेम्वाङले पाँच हजार ८५० मत प्राप्त गर्नुभयो ।

उक्त नगरपालिकाको १४ वटा वडा मध्ये काँग्रेस ९ वटा वडाध्यक्षमा, एमाले तीन वटामा र माओवादी केन्द्र दुईवटा वडाध्यक्षमा विजयी भएको छ । काँग्रस वडा नं १, २, ३, ४, ६, ७, ९, १० र ११, एमाले ५, ८ र १४ वडामा तथा माओवादी केन्द्र १२ र १३ नं वडामा विजयी भएको छ ।

LIVE TV