१९ असार २०७४, सोमबार

नवलपरासी । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लामा मिश्रीत रुपमा मतपरिणाम आएको छ । दोस्रो चरणमा भएको सात वटा तह मध्ये हालसम्म छ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

नतिजा सार्वजनिक भएका स्थान मध्ये समग्रमा नेपाली काँग्रेसको बर्चस्व रहेको छ । नतिजा सार्वजनिक भएका स्थान मध्ये तीन स्थानमा नेपाली काँग्रेस र एक ÷एक स्थानमा क्रमश नेकपा एमाले , माओवादी केन्द्र र लोकतान्त्रिक फोरम बिजयी भएको छ ।

रामग्राम सहित सुनवल नगरपालिका र प्रतापुपुर गाउँपालिकामा नेपाली काँग्रेस , सुस्ता गाउँपालिकामा नेकपा एमाले ,पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक बिजयी बनेको छ भने बर्दघाट नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ जसमा नेकपा एमालेको अग्रता रहेको छ ।

LIVE TV