१९ असार २०७४, सोमबार

रुकुम । रुकुममा विद्युत सेवा अनियमित हुँदा जिल्ला प्रशासनको नियमित काममा समस्या भएको छ । सेवा लिनको लागि गाउँबाट आएका सर्वसाधारणहरु विद्युत अनियमितता भएसँग मर्कामा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बैकल्पिक व्यवस्था नहुँदा नागरिकता लिनको लागि दुई दिनसम्म पनि लाईन बस्नुपर्ने बाध्यता रहेको छ । दुई दिन देखि लाईनमा बस्दा पनि नागरिकताका साथै सानो सिफारीस बनाउन नसकेको सर्वसाधारणहरुको गुनासो रहेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता लगायतका अन्य सिफारीस बनाउनको लागि प्रशासनको प्रांगणमा सेवाग्राहीको सोमबार पनि लाईन बाक्लो देखिएको थियो । दुई दिनसम्म पनि लाईन कत्ति नघटेको र नागरिक वडापत्रमा भनेजस्तो गरेर आफुहरुले सेवा नपाएको लाइनमा लागेका सर्वसाधारणको गुनासो रहेको छ ।

जिल्ला प्रशासनका साथै जिल्लाका अन्य प्रायः सबै सरकारी कार्यालयहरुमा अहिले यसरी नै सर्वसाधारणको भिड लाग्ने गरेको छ । विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारणहरु मर्कामा परेका छन् ।

 

LIVE TV